राजनीति


रास्वपा नेता बोहोराको प्रश्न- रवि लामिछाने हिरासतमा सुतिरहेको फोटोको मूल्य कति हो?

रास्वपा नेता बोहोराको प्रश्न- रवि लामिछाने हिरासतमा सुतिरहेको फोटोको मूल्य कति हो?

बुधबार राति सामाजिक सञ्जालमार्फत् बाहिरिएको रवि लामिछानेकाे तस्बिर


नेपालखबर
पुस ४, २०८१ बिहिबार ८:३१, काठमाडौँ

कास्की प्रहरीको हिरासतभित्र रास्वपा सभापति रवि लामिछाने सुतिरहेकोे तस्बिर बाहिरिएपछि रास्वपाका नेताहरुले आपत्ति जनाएका छन्। 

लामिछानेका स्वकीय सचिवसमते रहेका पार्टीका सह-काेषाध्यक्ष दीपक बोहराले प्रहरीले कसैलाई पठाउनको लागि लामिछाने सुतिरहेको सीसीटीभीको फुटेज स्क्रिनसट गरेको आरोप लगाउँदै त्यसप्रति आपत्ति प्रकट गरेका छन्।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने सहकारीको रकम दुरुपयोग गरेको अभियोगमा विगत दुई महिनादेखि प्रहरी हिरासतमा छन्। 

लामिछानेको सीसीटीभीबाट लिइएको एउटा तस्वीर बुधबार राति सामाजिक सञ्जालमार्फत् बाहिरिएको हो। सार्वजनिक भएको तस्बिरमा लामिछाने हिरासत कोठामा सिरह ओढेर सुतिरहेको देख्न सकिन्छ।

त्यसप्रति आपत्ति जनाउँदै रास्वपा नेता बोहोराले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्याय गर्नुको पनि हद हुन्छ। रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला? अनि, के उद्देश्यका लागि सार्वजनिक गरियो? कति हो यो फोटोको मूल्य? न्याय मरेको छैन भने कसैले न कसैले त यसको मूल्य चुकाउनु पर्ला।’

गएको मंगलबार लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको थियो। 

जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति मागेको थियो। त्यसलाई अदालतले सदर गरेको हो।

भोलि (शुक्रबार) सम्ममा लामिछानेविरुद्ध अदालतमा अभियोगपत्र दायर गर्नै पर्ने कानुनी बाध्यता छ। 

तर कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले भने यो तस्बिर नै रविको होइन भन्दै रास्वपाले नै सहानुभूतिका लागि स्टन्टबाजी गरिरहेको आरोप पनि लगाएका छन्।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad