राजनीति


रवि लामिछानेको भनिएको भाइरल तस्बिरबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

अनुसन्धान थालिसक्यौँः प्रहरी प्रवक्ता एसएसपी अधिकारी
रवि लामिछानेको भनिएको भाइरल तस्बिरबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

रवि लामिछानेको भनी सामाजिक सञ्जालमा भाइरल तस्बिर र गृहमन्त्री रमेश लेखकको फाइल तस्बिर


नेपालखबर
पुस ४, २०८१ बिहिबार १३:५२, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वन्तत्र पार्टीका सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक भयो भनिएको विषयमा यथार्थ छानबिन गरी दोषीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन्। 

बिहीबार गृहमन्त्री लेखकले प्रहरी प्रमुख आईजीपी वसन्तबहादुर कुँवरलाई उक्त विषयमा छानबिन गरी दोषी जो सुकै भए पनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्। 

बुधबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले सामाजिक सञ्जालमा हिरासत कक्षभित्रको तस्बिर भन्दै सार्वजनिक गरेपछि गृह मन्त्रालयले त्यसको यथार्थ छानबिन गर्न प्रहरीलाई निर्देशन दिइएको जनाएको छ।

मन्त्री लेखकले उक्त तस्बिरका विषयमा छानबिन गरी दोषीलाई तत्काल कारबाहीका लागि प्रहरी प्रमुखलाई निर्देशन दिएको जानकारी दिए। 

‘यो विषयमा छानबिन गरी दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन आईजीपीलाई निर्देशन दिएको छु’, गृहमन्त्री लेखकले भने, ‘हिरासतमा रहेको दाबी गरिएको तस्बिरका विषयमा प्रहरीले अनुसन्धान गर्दै छ।’

त्यसैगरी प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले पनि तस्बिर सार्वजनिक गरिएको भनिएको विषयमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरिसकेको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad