कारोबार


हिजो तोलामा १७ सय घटेको सुनको मूल्य आज थप घट्यो, चाँदी पनि सस्तियो

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार?
हिजो तोलामा १७ सय घटेको सुनको मूल्य आज थप घट्यो, चाँदी पनि सस्तियो

नेपालखबर
पुस ५, २०८१ शुक्रबार ११:२१, काठमाडौँ

आज पनि सुनचाँदीकै मूल्य घटेको छ। विगत केही दिनदेखि सुनको मूल्य लगातार घटिरहेको छ। 

विगत डेढ महिनामा सुनको मूल्य तोलामै साढे २२ हजार घटिसकेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ४८ हजार पाँचसय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य एकलाख ४९ हजार रुपैयाँ थियो। आज सुन ताेलामा पाँचसय रुपैयाँ घटेकाे छ।

आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेको छ। चाँदीको मूल्य आज तोलाको एक हजार सातसय ६० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य एक हजार सातसय ८० रुपैयाँ थियो।

सोमबार र मंगलबार दुई दिनमा जम्मा ६ सय बढेको सुनको मूल्य बुधबार प्रतितोला सातसय रुपैयाँ घटेको थियो। हिजोएकै दिन सुन तोलाको १७ सय रुपैयाँ घटेको थियो। 

गएको आइतबार एकैदिन सुन प्रतितोला दुई हजार दुईसय रुपैयाँ घटेको थियो। 

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।त्यसयता आजसम्म सुन प्रतितोला साढे २२ हजार रुपैयाँ सस्तिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad