समाज


रवि हिरासतमा सुतिरहेको तस्बिर मैले प्रहरीकै अगाडि खिचेको हुँः निकोलस भुसाल (भिडिओ)

रवि हिरासतमा सुतिरहेको तस्बिर मैले प्रहरीकै अगाडि खिचेको हुँः निकोलस भुसाल (भिडिओ)

हिरासतमा रवि सुतिरहेको तस्बिर र डा. निकोलस भुसाल


नेपालखबर
पुस ४, २०८१ बिहिबार १५:५०, काठमाडौँ

कास्की जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षभित्र सुतिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको तस्बिर कसले खिचेर सार्वजनिक गर्‍यो भनेर प्रश्न उठिरहेका बेला लामिछानेका समर्थक डा. निकोलस भुसालले त्यो आफूले सीसीटीभी फुटेजबाट खिचेको स्पष्टीकरण दिएका छन्। 

बिहीबार भिडिओ सन्देश जारी गर्दै भुसालले रविलाई भेट्न गएका बेला सीसीटीभी कक्षबाट प्रहरीकै अगाडि आफूले हिरासतमा लामिछाने सुतिरहेको तस्बिर खिचेको बताएका हुन्। 

भिडिओमा उनले भनेका छन्, ‘...मैले प्रहरीकै अगाडि खिचेको हुँ। शनिबार बिहान कुराकानी भयो, अनि हामी ४ बजेतिर भेटेर फर्किने क्रममा सीसीटीभीको रुममा बस्दाखेरि पुलिसकै अगाडि, सबैको अगाडि मेरो पनि क्यामेरामा छ होला, म सीसी क्यामेरामा हेरेर बसिराको थिएँ, दाइ (रवि लामिछाने) सुतिरहनुभएको थियो, अनि के कसो छ भनेर एउटा सानो, थोरै स्क्रिनसट, फोटो खिचौँ भनेर खिचेको हुँ, केही फरक नपर्ला भनेर मैले खिचेको हुँ। पुलिस प्रशासनलाई त थाहा छ त्यो मैले खिचेको हो भन्ने।’

भिडिओ सन्देशमार्फत भुसालले रास्वपाका नेता/कार्यकर्तालाई पनि कुनै भ्रममा नपर्न आग्रह गरेका छन्। 

‘म रास्वपाका सम्पूर्ण सार्थीहरूलाई यसलाई नेगेटिभ्ली रूपमा नलिइदिन आग्रह गर्न चाहन्छु। म त्यहाँ जाँदा, हिरासतभित्र जाँदाखेरि मोबाइल छाडेर जानुपर्छ, मैले खिचेको चाहिँ सीसीटीभी क्यामेराको फुटेजबाट खिचेको हुँ। भित्र गएर हिरासतमै खिचेको होइन। खास नखिच्नुपर्ने मैले, पछि रिअलाइज गरेँ। त्यतिखेर पनि मलाई फिल त भाको'थ्यो। तैपनि रवि दाइको हालत यस्तो छ, यस्तो हालतमा बस्नुपरेको छ, गृहमन्त्री भा'को मान्छे, म आफैँलाई पनि नराम्रो लाग्यो...,’ भुसालले भिडिओ सन्देशमा भनेका छन्।

आफूले भाइरल हुन वा पैसा कमाउने उद्देश्यले त्यो तस्बिर नखिचेको उनको स्पष्टीकरण छ। 

डा. निकोलस भुसालको भिडिओः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad