समाज


भाइरल तस्बिर रवि लामिछानेकै भएको प्रहरीद्वारा पुष्टि

भाइरल तस्बिर रवि लामिछानेकै भएको प्रहरीद्वारा पुष्टि

नेपालखबर
पुस ४, २०८१ बिहिबार १५:१, काठमाडौँ

सामाजिक सञ्जालमा भाइरल हिरासत कक्षमा सुतिरहेको व्यक्तिको तस्बिर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेकै भएको कास्की प्रहरीले पुष्टि गरेको छ।

उक्त तस्बिरको लामिछानेको हो र होइन भन्ने विवाद सामाजिक सञ्जालमा भइरहेका बेला कास्की जिल्ला प्रहरी कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिले उनी लामिछाने नै रहेको पुष्टि भएको हो।  

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जारी गरेको विज्ञप्तिमा तस्बिरका व्यक्तिको नाम उल्लेख नगरिए पनि ‘...सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरको तथ्यपूर्ण अनुसन्धान’ तथा ‘...गोपनीयता कायम गर्नुपर्ने व्यवस्था र प्रचलित साइबर अपराधसम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रूपमा सामग्री प्रकाशन तथा सम्प्रेषण’ गरिएको भनिनुले तस्बिरमा भएको मानिस रवि लामिछाने नै भएको स्वीकार गरेको बुझिन्छ।   

साथै प्रहरीले विज्ञप्तिमा कतै पनि त्यो तस्बिर लामिछानेको नभएको दाबी गरेको छैन। 

सुरुमा सो तस्बिर डा. निकोलस भुसालको फेसबुक पेजबाट प्रकाशित भई प्रहरीको व्यावसायिकतामा आँच आउने किसिमले विभिन्न सामाजिक सञ्जालमा राखिएको कास्की प्रहरीले जनाएको छ। यसरी तस्बिर सार्वजनिक गर्ने व्यक्तिलाई कारबाही गर्ने चेतावनी पनि कास्की प्रहरीले दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad