World Cup 2026


नेदरल्यान्ड्स र जापान भिड्दै, यस्तो छ विक्रम लामाको विश्लेषण (भिडिओ)


नेपालखबर
जेठ ३१ , काठमाडौँ

विश्वकप २०२६ अन्तर्गत मध्यराति नेदरल्यान्ड्स र जापान भिड्दै छन्।  समूह ‘एफ’को यो खेल नेपाली समयअनुसार मध्यराति १ः४५ बजे हुनेछ।

तीनपटकको उपविजेता नेदरल्यान्ड्स आफ्नो १२औँ विश्वकप अनुभव लिइरहेको छ। जापानको यो आठौँ विश्वकप सहभागिता हो।

फिफा वरीयतामा जापान १८औँ स्थानमा छ। विपक्षी नेदरल्यान्ड्सभन्दा १० स्थान पछाडि। तर, डच टोलीलाई चुनौती दिन जापान तयार छ। 
जापानको लय पनि गज्जबको छ।

नेपाल फुटबल खेलाडी संघ अध्यक्ष विक्रम लामा पनि यसमा सहमत छन्। नेपालखबरले सुरु गरेको ‘विश्वकप विशेष’ कार्यक्रममा उनले भने, ‘नेदरल्याण्डस्लाई जापानले गाह्रो बनाउँछ।’

यद्यपि नेदरल्याण्ड्सका अनुभवी खेलाडीहरू हेर्दा ‘ट्याक्टिकल डिसिप्लिन गेम’ हेर्न पाइने उनको विश्वास छ। ‘जापानका खेलाडीहरू पनि बिग स्टेजमा खेलिरहेका छन्, त्यसैले पनि यो खेल रमाइलो हुनेवाला छ,’ उनले भने। 

कसले जित्ला भन्ने प्रश्नमा उनले नतिजा भन्न नसकिने तर जापानले जितोस् भन्ने लागेको बताए।

जेठ ३१, २०८३ आइतबार २१:४८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad