ad ad

राजनीति


नेपाली कांग्रेसले भूकम्पपीडितका लागि ५० लाख दिने

नेपाली कांग्रेसले भूकम्पपीडितका लागि ५० लाख दिने

फाइल तस्बिर : कांग्रे सभापति


नेपालखबर
कात्तिक १८, २०८० शनिबार ११:१६, काठमाडौँ

नेपाली कांग्रेसले भूकम्पपीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट सरकारलाई रु ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ। 

साथै कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपिलसमेत गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन्। 

शुक्रबार राति ११:४७ मा गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो मात्रामा मानवीय क्षति, भौतिक क्षति र सयौँ घाइते भएका छन्। 

कांग्रेसले उक्त घटनाले समस्त नेपालीलाई मर्माहत र दुःखी बनाएको उल्लेख गर्दै यस्तो समयमा सरकार, राजनैतिक दल, संघसंस्था सबै एक भएर विपद्को सामना गर्न सबैमा अपिल गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .