ad ad

समाज


जाजरकोट भूकम्प परकम्प होइन, नयाँ भूकम्प हो : भूकम्पविद्

‘यसपछि आजै चार परकम्प गइसके’
जाजरकोट भूकम्प परकम्प होइन, नयाँ भूकम्प हो : भूकम्पविद्

शुक्रबार रातिको भूकम्पले जाजरकोटमा भत्किएको घर। तस्बिर : रासस


रासस
कात्तिक १८, २०८० शनिबार ११:०, काठमाडौँ

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा‍. लोकविजय अधिकारीले जाजरकोट भूकम्प गत महिना बझाङमा गएको भूकम्पको परकम्प नभएको जानकारी दिएका छन्। 

उनले गएराति जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प बझाङको परकम्प नभएर नयाँ भूकम्प भएको बताएका हुन्। 

गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पको केन्द्र जमिनको सतहदेखि १० देखि १५ किलोमिटर भित्र रहेको उनको भनाइ छ। 

साथै सो भूकम्पपछि आज नै चारवटा परकम्प गएको पनि बताइएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि एक घण्टामा चार परकम्प गएका हुन्। केन्द्रका अनुसार सोही स्थान केन्द्रबिन्दु भएर १२ बजेर ८ मिनेटमा ४ दशमलव ५, १२ बजेर २९ मिनेटमा ४ दशमलव २ र १२ बजेर ३५ मिनेटमा ४ दशमलव ३ रेक्टरस्केलको परकम्प गएका हुन्। 

नेपालको पश्चिम क्षेत्रमा ५ सय वर्षदेखि ठूलो भूकम्प नगएकाले जुनसुकै बेलामा जानसक्ने भएकाले सचेत रहनुपर्ने डा‍. अधिकारीले बताए। 
नेपालको हिमालय क्षेत्रलाई भूकम्पको सम्भावित क्षेत्रका रूपमा लिने गरिन्छ। पछिल्लो समय नेपालको पश्चिमी क्षेत्र भएर भूकम्प जाने क्रम बढ्दो देखिएको छ। 

शुक्रबार राति गएको भूकम्पका कारण १३२ जनाको मृत्यु भएको सरकारले पुष्टि गरेको छ।

प्रहरी संयन्त्रबाट संकलित यो तथ्यांक गृह मन्त्रालयमा बसेको सुरक्षा निकायका अधिकारीहरूसँगको बैठकमा प्रस्तुत गरिएको हो।

तर, स्थानीय जनप्रतिनिधिले भने योभन्दा धेरै क्षतिको विवरण टिपाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .