विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपति नियुक्तिका लागि अन्तर्वार्तामा छनोट भएका उम्मेदवारहरूको सूची सार्वजनिक भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बनाएको सिफारिस समितिले आज (आइतबार) एक सूचना जारी गर्दै ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका ७-७ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो।
मन्त्रालयले कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपतिका लागि जेठ ४ गते आवेदन माग गरेको थियो।
अल्पसूचीमा छनोट भएकाहरूको असार १६ र १७ गते प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुने सूचनामा उल्लेख छ।
हेर्नुहोस् सूची



Shares

प्रतिक्रिया