नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अहिलेको सरकार सुकुमवासी र किसानका समस्याप्रति अनुदार देखिएको आरोप लगाएका छन्।
२३औँ राष्ट्रिय धान दिवसको अवसरमा रौतहटमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार विपन्न र किसानको सहयोगी हुनुपर्नेमा बाधक बनेको बताएका हुन्।
‘यहाँका किसानहरूले अथक मेहनत गरेर देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याइरहेका छन्,’ उनले भने, ‘तर विडम्बना! समयमा मल र उपयुक्त बीउबिजनको अभाव हुँदा किसानले आफ्नो क्षमता र माटोको गुणस्तरअनुसार उत्पादन गर्न सकेका छैनन्।’
उनले किसानका वास्तविक समस्याप्रति वर्तमान सरकार अनुदार र संवेदनहीन रहेको भन्दै आलोचना गरे।
नेपाली कांग्रेस सरकारको नेतृत्वमा रहँदा किसानको पक्षमा थुप्रै कामहरू भएको दाबी गर्दै उनले आफ्ना कमीकमजोरी भने स्वीकार गरे।
Shares

प्रतिक्रिया