समाज


टिकट बिक्रीबाट प्राप्त हुने रकमको आधा भूकम्पपीडितलाई सहयोग गर्ने क्यानको घोषणा

टिकट बिक्रीबाट प्राप्त हुने रकमको आधा भूकम्पपीडितलाई सहयोग गर्ने क्यानको घोषणा

फाइल तस्बिर


नेपालखबर
कात्तिक १८, २०८० शनिबार १०:३७, काठमाडौँ

जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पबाट पीडितका लागि नेपाल क्रिकेट संघ (क्यान) ले आर्थिक सहयोगको घोषणा गरेको छ। 

आईसीसी टी–२० एसिया छनोटअन्तर्गत आइतबार नेपाल र ओमानबीचको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत भूकम्पपीडितको सहयोगार्थ प्रदान गर्ने घोषणा क्यानले गरेको हो। 

साथै क्यानले भूकम्पले पुर्‍याएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। 

जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५४ पुगेको छ। 

अहिलेसम्म प्राप्त तथ्यांकअनुसार जाजरकोटमा ९२ र रुमुकपश्चिममा ६२ जनाको मृत्यु भएको हो। घाइतेको संख्या डेढ सयभन्दा माथि पुगिसकेको छ। 

हेर्नुहोस् क्यानको विज्ञप्ति-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .