ad ad

समाज


जाजरकोट र रुकुम पश्चिमका ३७ घाइते सुर्खेत र नेपालगन्ज रेफर

१३३ जनाको मृत्यु प्रहरीद्वारा पुष्टि
जाजरकोट र रुकुम पश्चिमका ३७ घाइते सुर्खेत र नेपालगन्ज रेफर

नेपालखबर
कात्तिक १८, २०८० शनिबार ११:२२, काठमाडौँ

शुक्रबार रातिको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा सबैभन्दा धेरै क्षति भएको छ। नेपाल प्रहरीले १३३ जनाको मृत्यु भएको र १४० जना घाइते भएको जनाएको छ।

यो बिहान १०ः३० सम्मको अद्यावधिक विवरण हो।

प्रहरी प्रधान कार्यालयका अनुसार, गम्भीर घाइतेमध्ये जाजरकोटबाट २२ जनालाई सुर्खेत रेफर गरिएको छ भने ३३ जना जाजरकोटकै विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहकेो छ।

रुकुम पश्चिमका १५ जना गम्भीर घाइतेलाई सुर्खेत र नेपालगन्ज रेफर गरिएको छ। ४० जनाको जिल्लामै उपचार भइरहेको छ। ३० जना भने उपचारपछि घर फर्किएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .