ad ad

राजनीति


नेविसंघका दुई समूह उत्रिएपछि कांग्रेस मुख्यालय सानेपामा तनाव

नेविसंघका दुई समूह उत्रिएपछि कांग्रेस मुख्यालय सानेपामा तनाव

सानेपामा प्रदर्शनमा उत्रिएको नेविसंघको एउटा समूह। तस्बिर : नेपालखबर


नेपालखबर
साउन २४, २०८० बुधबार १६:३१, काठमाडौँ

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा भ्रातृसंगठन नेपाल विद्यार्थी संघका दुई समूह उत्रिएका छन्।

संस्थापन र असन्तुष्टका दुई समूह एकै पटक सानेपामा उत्रिँदा तनाव भएको हो।

दुवै समूह एकै पटक उत्रिएर नाराबाजी गर्दा अवस्था नियन्त्रणबाहिर नदिन प्रहरी परिचालन गरिएको थियो। 

कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार नेविसंघ केन्द्रीय समितिमा ७१० जनालाई मनोनीत गरेपछि विवाद बढेको छ।

नेता कृष्ण सिटौलासहित असन्तुष्ट समूहले बुधबार दिउँसो सानेपामा प्रदर्शन गरेका थिए। उनीहरुले समानान्तर समिति गठन र विद्रोहसहिताका योजना लिएर सानेपामा नाराबाजी गरेका हुन्। 

असन्तुष्ट समूहलाई प्रहरीले कांग्रेस कार्यालयबाहिरै रोकेको थियो। त्यसक्रममा उनीहरुले संस्थापन पक्षविरुद्ध नाराबाजी पनि गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .