ग्लोबल


ट्रम्पलाई अमेरिकी सर्वोच्च अदालतको झट्का, नागरिकतासम्बन्धी आदेश खारेज

ट्रम्पलाई अमेरिकी सर्वोच्च अदालतको झट्का, नागरिकतासम्बन्धी आदेश खारेज

नेपालखबर
असार १७, २०८३ बुधबार ५:५१, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा जारी जन्मसिद्ध नागरिकताको अधिकार सीमित गर्ने आदेश त्यहाँको सर्वोच्च अदालतले मंगलबार खारेज गरिदिएको छ।

ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिनमै अमेरिकामा अवैध रूपमा वा अस्थायी रूपमा बसोबास गर्ने आमाबाबुबाट जन्मेकाहरूलाई जन्मजात अमेरिकाको नागरिकता नदिइने आदेश जारी गरेका थिए। 

ट्रम्पको यो आदेशलाई पहिले तल्ला अदालतहरूले रोक लगाएका थिए भने अहिले सर्वोच्च अदालतले ६-३ को निर्णयमा जन्मसिद्ध नागरिकतालाई समर्थन गरेको हो।

प्रधानन्यायाधीश जोन रोबर्ट्सले उक्त निर्णय गरेका हुन्।

उनले भने, ‘अवैध रूपमा वा अस्थायी रूपमा अमेरिकामा रहेका आमाबाबुका बच्चाहरू पनि अमेरिकाको संविधानअन्तर्गत जन्मका आधारमा नागरिक हुन्।’

उल्लेखनीय छ- अमेरिका ती ३० देशमध्ये एक हो, जसले आफ्नो देशमा जन्मानासाथ स्वत: नागरिकता दिन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad