सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले भेटवार्ता गरेका छन्। भेटका क्रममा विकास साझेदारीका विषयमा छलफल भएको छ। सञ्चार क्षेत्रको सुदृढीकरण तथा डिजिटल रूपान्तरण, संघीयताको कार्यान्वयनलगायतका पनि छलफल भएको शिक्षा मन्त्रीको सचिवालयले जनाएको छ।
भेटका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपाललाई अष्ट्रेलियाले उपलब्ध गराउँदै आएको विकास सहायताका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तो सहयोग रहने विश्वास व्यक्त गरेका थिए।
अष्ट्रेलियाले नेपाली विद्यार्थीलाई उपलब्ध गराउँदै आएको छात्रवृत्ति कार्यक्रमको निरन्तरता र आगामी दिनमा थप नेपाली विद्यार्थीले अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्ने अवसर प्राप्त गर्न सक्ने गरी छात्रवृत्तिको दायरा थप फराकिलो बढाउन आग्रह गरे।
राजदूत अर्न्स्टले आगामी दिनमा थप सहकार्य गर्न सकिने क्षेत्रहरुबारे पनि चासो राखेका थिए। लोकतन्त्रको आधारभूत मूल्यका रूपमा अभिव्यक्ति स्वतन्त्रता र विचार स्वतन्त्रताको संरक्षण अपरिहार्य रहे पनि पछिल्लो समय बढ्दो गलत सूचना (मिसइन्फर्मेसन) र दुष्प्रचार (डिसइन्फर्मेसन) चुनौतीका रूपमा देखिएको उनले सुनाएका थिए।
अष्ट्रेलियाले नेपालमा संघीय शासन प्रणालीलाई प्रभावकारी कार्यान्वयन गर्न निरन्तर सहयोग गर्दै आएको यसलाई थप संस्थागत बनाउन आवश्यक प्राविधिक तथा संस्थागत सहयोग आगामी दिनमा पनि निरन्तर रहने उनले जनाए।नेपाल सरकारले हुलाक सेवाको आधुनिकीकरण र सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुहुँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले यस क्षेत्रमा अष्ट्रेलियाको अनुभव र सफल अभ्यासबाट नेपालले सिक्न चाहेको उल्लेख गरेका थिए।
Shares

प्रतिक्रिया