ad ad

राजनीति


नेविसंघको मनोनयनमा सिटौला समूहको असन्तुष्टि, विद्रोह गर्ने चेतावनी

नेविसंघको मनोनयनमा सिटौला समूहको असन्तुष्टि, विद्रोह गर्ने चेतावनी

नेपालखबर
साउन २३, २०८० मंगलबार १३:४७, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रातृसंगठन नेपाल विद्यार्थी संघमा गरेको मनोनयनलाई लिएर नेता कृष्णप्रसाद सिटौला समूहले आपत्ति जनाएको छ।

दुजाङ शेर्पालाई सभापतिमा मनोनयन गरेको डेढ वर्षपछि नेविसंघमा ७१९ जनालाई सोमबार केन्द्रीय समिति सदस्य बनाएका थिए।

तर सिटौला समूहले उक्त मनोनयनप्रति आपत्ति जनाउँदै समानान्तर समितिको अभ्यासमा जाने चेतावनी दिएको हो।

बागमती प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतकसमेत रहेका नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले यो मनोनयनबाट संगठन अघि बढ्न नसक्ने  बताए। 

नेविसंघ केन्द्रीय सदस्य मनिष सिंखडा

सिटौला समूहका नेविसंघ नेता मनिष सिंखडाले हिजो विद्यार्थीका सारथि भएका, विश्वविद्यालयमा गहन रुपमा काम गरेका, आन्दोलनको नेतृत्व गरेकाहरुलाई छुटाएर बनाइएको समितिको औचित्य नहुने बताए। 

‘हिजो संघर्ष गरेका देशभरका संघर्षशील साथीहरूलाई छुटाएर नेताको खल्तीबाट मनोनित गरिएको छ’, उनले भने, ‘यति ठूलो जम्बो कमिटी बनाउँदा पनि संगठनका लागि योगदान दिएकाहरुलाई छुटाउनु राम्रो होइन।’

सिंखडाका अनुसार त्रिभुवन विश्वविद्यालयका नेता योगेन्द्र रावल, शंकरदेव क्याम्पसका नेता दीपक ओझा, जनमैत्री क्याम्पसका इकाइ अध्यक्ष  निराजन शाही, आईओएम टिचिङका नेता सुमित बोहोरासहित कम्तीमा २० जना छुटेका छन्। 

नेविसंघ झापाकाा नेता नवराज ढकाल र डडेल्धुराका नेता दुर्गा कापडीसहितको नाम छुटेको भन्दै सिंखडाले विद्रोहको चेतावनी दिएका हुन्।

उनले नेताको नजिक भएका र हिजो संगठनमा योगदान नै नदिएकालाई केन्द्रीय सदस्य बनाउने सभापति देउवाको कदमविरुद्ध विद्रोह गर्ने चेतावनीसमेत दिएका छन्। 

विदेश जाने पनि समितिमा
देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेकाहरुमा केही विदेश गइसकेकाहरु पनि परेका छन्। 

केन्द्रीय सदस्यमा मनोनित किरण भण्डारी, डा. रितेश चिमोरिया, अमृत वस्ती र रविन ढुङ्गाना लगायतका केही नेता विदेशमा छन्।

तदर्थ समितिमा राखिएपछि ढुङ्गानाले आफू समितिमा बस्न असमर्थ रहेको सामाजिक सञ्जालमा लेखेका छन्। दुई वर्षअघि नै तदर्थ समितिका लागि नाम दिए पनि अहिले राखिएको उनले गुनासो गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .