ad ad

राजनीति


ल्याहरक्यालबारे केही टिप्पणी छैन, तथ्य भेटिए महरामाथि सरकारले छानबिन गर्छ : अग्नि सापकोटा

ल्याहरक्यालबारे केही टिप्पणी छैन, तथ्य भेटिए महरामाथि सरकारले छानबिन गर्छ : अग्नि सापकोटा

फाइल तस्बिर


नेपालखबर
साउन २४, २०८० बुधबार १६:४५, काठमाडौँ

सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले विवादास्पद छविका ल्याहरक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा गरिएको नियुक्तिबारे नबोल्ने बताएका छन्।  

हालै बसेको केन्द्रीय समिति बैठकबाट प्रवक्ता तोकिएपछि पहिलो पटक बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दे सापकोटाले यस्तो भनेका हुन्। 

उनले विवादित छवि र काण्डमा मुछिएका लामालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाएकोमा आफ्नो कुनै टिप्पणी नरहेको बताए। 

‘ल्याहारक्याल लामाको नियुक्तिबारे धेरै कुरा बाहिर आइसकेका छन्। यसबारे म टिप्पणी गर्दिनँ’, उनले पत्रकारहरुसँग भने। 

उपाध्यक्ष सापकोटाले साउन ३ गते बरामद १०० केजी सुन प्रकरणमा तथ्य र प्रमाण पुष्टि भए उपाध्यक्ष कृष्णबहादुर महरामाथि पनि सरकारले अनुसन्धान अगाडि बढाउने पनि जानकारी दिए। 

‘महराजीको विषयमा मिडियामा पनि धेरै समाचार आएका छन्’, उनले भने, ‘सुन प्रकरणमा आफूमाथि सरकारले छानबिन गरोस्, सघाउँछु भनेर मिडिया र केन्द्रीय समिति बैठकमा उहाँले भनिसक्नुभएको छ। तथ्य र प्रमाणबाट पुष्टि भए उहाँ (महरा) माथि छानबिन हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .