ad ad

राजनीति


देउवाले बनाए नेविसंघमा जम्बो तदर्थ समिति, केन्द्रीय सदस्य नै ७१० जना

देउवाले बनाए नेविसंघमा जम्बो तदर्थ समिति, केन्द्रीय सदस्य नै ७१० जना

फाइल तस्बिर


नेपालखबर
साउन २३, २०८० मंगलबार १२:१६, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पालाई सभापतिमा मनोनयन गरेको डेढ वर्षपछि भ्रातृसंगठन नेपाल विद्यार्थी संघमा जम्बो केन्द्रीय समिति बनाएका छन्।

२०७८ चैत ९ गने शेर्पालाई सभापतिमा मनोनय गरेको १६ महिनापछि सभापति देउवाले सोमबार नेविसंघको तदर्थ समितिमा ७११ सदस्यीय केन्द्रीय समिति बनाएका हुन्। 

देउवाले नेविसंघमा केन्द्रीय सदस्य मनोनयनका क्रममा एकै जिल्लाबाट ४२ जनासम्म परेका छन्। 

देउवाले मनोयन गरेको केन्द्रीय सदस्यमा मोरङबाट मात्रै केन्द्रीय सदस्यको संख्या २४ छ। उता झापाबाट १३ जना केन्द्रीय सदस्य बनेका छन्।

उता काठमाडौं जिल्लाबाट मात्रै केन्द्रीय सदस्य हुनेको संख्या ४२ छ। देउवाले काठमाडौंबाट मनिष सिंखडासहितलाई केन्द्रीय सदस्य बनाएका हुन्। 

देउवाले नेविसंघ अध्यक्ष दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा ७१० जनालाई मनोनीत गरेसँगै समिति ७११ सदस्यीय भएको हो। 

देउवा नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय सदस्य आफैं भने १५७ सदस्यीय मात्रै छ। छरितो मातृपार्टीका सभापति देउवाले भ्रातृसंगठनको तदर्थ समिति भने जम्बो बनाएपछि पार्टीभित्रैबाट आलोचना भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .