कारोबार


पेट्रोल–डिजेल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घट्यो

पेट्रोल–डिजेल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घट्यो

नेपालखबर
असार १६, २०८३ मंगलबार २२:४५, काठमाडौँ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थहरुको खुद्रा मूल्य घटाएको छ ।

बुधबारदेखि लागू हुने गरी निगमले प्रतिलिटर पेट्रोलमा २० रुपैयाँ, डिजेल र मट्टितेलमा ३० रुपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फ ४० र अन्तर्राष्ट्रियतर्फ काठमाडौैंको लागि प्रतिकिलोलिटर २ सय ६५ अमेरिकी डलरले मूल्य घटाएको हो । 

त्यसैगरी खाना पकाउने ग्यास पनि प्रतिसिलिन्डर १ सय रुपैयाँ सस्तो भएको निगमले जनाएको छ । हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि भने ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम हुने निगमको भनाइ छ । 

यसअनुसार अब उपभोक्ताले पेट्रोल प्रतिलिटर १ सय ९७ रुपैयाँ, डिजेल र मट्टितेल १९५ रुपैयाँ तिरे पुग्नेछ । त्यस्तै एलपी ग्यास १४.२ किलोको २०६० रुपैयाँ र ७.१ किलोको १ हजार ३० रुपैयाँ तिर्नुपर्नेछ । हाल अन्तर्राष्ट्रिय बजारमा मूल्यमा सुधार आएकाले नेपालमा पनि मूल्य घटाइएको निगमको दाबी छ । 

त्यसो त निगमले अन्तर्राष्ट्रिय बजारमा निकै अघिदेखि नै कच्चा तेलको मूल्यमा सुधार आइसके पनि इन्डियन आयल कर्पोरेसनलाई देखाउँदै मूल्य घटाउन मानेको थिएन । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad