नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठक भोलि (बुधबार)सम्मका लागि स्थगित भएको छ। ११ महिनापछि मंगलबारबाट केन्द्रीय कार्यसमिति बैठक बसेको हो।
आजको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू आनन्द ढुंगाना, रमेश लेखक, गोपालमान श्रेष्ठ लगायतले आफ्नो धारणा राखेका थिए।
बैठकमा महामन्त्री थापाले सांगठानिक प्रस्ताव पेस गरेका थिए भने लेखकले संसद र खड्काले सरकारका बारेमा बैठकमा ब्रिफिङ गरेका थिए।
पार्टी सभापति शेरबहादुर देउवाले आजको बैठक सकिएको घोषणा गर्दै भोलि ११ बजे सबैलाई बैठकमा उपस्थित हुन निर्देशन दिएका छन्।
यो पनि पढ्नुहोस्:
27
Shares

प्रतिक्रिया