हेमबहादुर मल्ल सम्मान दुई पूर्व प्रशासकलाई प्रदान गर्ने निर्णय भएको छ। २०७७ को लागि गोरक्ष बहादुर न्हुछे प्रधान र २०७८ को लागि भानुप्रसाद आचार्यलाई प्रदान गरिने भएको भएको हो।
जन प्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा संयुक्त रुपमा प्रदान गरिने यस सम्मान विचमा विविध कारणले रोकिएकाले दुई यो वर्षिकसम्म दुई जनालाई एकै पटक प्रदान गर्न लागिएको हो।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा जनप्रशासन संघका अध्यक्ष कृष्णहरि बाँस्कोटाले जनप्रशासनको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएवापत् पूर्व प्रशासकद्वयलाई उक्त सम्मानबाट विभूषित गर्न लागिएको जानकारी दिए।
पूर्व गभर्नर एवम् पूर्व सचिव दीपेन्द्र पुरुष ढकालको संयोजकत्वमा गठित मुल्यांकन समितिको सिफारिसका आधारमा सम्मानका लागि छनौट गरिएको उनको भनाई छ।
राज्यको उच्च ओहोदामा रही सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनका क्षेत्रमा राष्ट्रको छवी उच्च राख्न सफल भएको, उच्च प्रशासकका रुपमा नेतृत्वदायी क्षमताको प्रदर्शन गरेको, सामाजिक सेवामा समर्पित रहेको र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान उच्च राखेको जस्ता उल्लेखनिय कार्य गरेवापत् हेम बहादुर मल्ल सम्मान, २०७७ का लागि गोरक्ष बहादुर न्हुछे प्रधान र समर्पित रहेको र अन्तराष्ट्रिय क्षेत्रमा नेपालको पहिचान उच्च राखेको जस्ता उल्लेखनिय कार्य गरे बापत हेम बहादुर मल्ल सम्मान, २०७८ का लागि भानुप्रसाद आचार्यलाई सर्वाधिक योग्य ठहर गरिएको हो।
Shares

प्रतिक्रिया