ad ad

राजनीति


रमेश लेखकले कांग्रेस बैठकमा भने : संसद्‍‌मा एमाले आक्रामक छ

रमेश लेखकले कांग्रेस बैठकमा भने : संसद्‍‌मा एमाले आक्रामक छ

मंगलबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमित बैठक। तस्बिर : सरोज नेपाल


नेपालखबर
साउन २, २०८० मंगलबार १५:५०, काठमाडौँ

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद‍्‍‌मा प्रमुख प्रतिपक्षी नेकपा एमाले आक्रामक रहेको बताएका छन्।

गत पुस १० गते बनेको गठबन्धन फागुनमा आएर भत्किएपछि एमाले संसद्‍‌मा आक्रामक भएको निष्कर्ष उनले सुनाएका हुन्। 

‘संसद्‍मा अहिले एमाले आक्रामक छ’, उनले भने, ‘सरकारबाट बाहिरिएपछि एमाले आक्रामक रुपमा प्रस्तुत भइरहेको छ। तर हाम्रो उपस्थिति कमजोर भएको छ।’

उनले संसद् बैठकमा कांग्रेस सांसहरुको कम उपस्थितिले कहिलेकाहीँ विधेयक नै पारित हुन नसक्ने अवस्था आएको पनि बताएका छन्।

लेखकले कांग्रेस सांसहरु संसद् बैठकमा कम उपस्थित हुँदा छलफल पनि कमजोर भएको बताउँदै त्यसले पार्टी नेतृत्वलाई पनि अप्ठेरो हुने उल्लेख गरेका छन्। 

सम्बन्धित समाचार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .