राजनीति


ओली र प्रचण्डलाई गोकुल बाँस्कोटाको प्रश्न: पहिला पार्टी फुटाएर गल्ती गर्‍यौँ भन्न सक्छौँ?

ओली र  प्रचण्डलाई गोकुल बाँस्कोटाको प्रश्न: पहिला पार्टी फुटाएर गल्ती गर्‍यौँ भन्न सक्छौँ?

फाइल फोटो


नेपालखबर
असार १५, २०८३ सोमबार ९:२, काठमाडौँ

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेतृत्वले पहिला पार्टी फुटाएर गरेको गल्तीप्रति आत्मालोचना नगरी फेरि वामपन्थी एकताको चर्चा सुरु गरिएको भन्दै असन्तुष्टि जनाएका छन्। 

सोमबार बिहान सामाजिक सञ्जालमा उनले पार्टी एकताको चर्चा गर्नुअघि पहिलाको गल्तीप्रति आत्मालोचना गर्न र नेतृत्व छाड्न पनि नेताहरूलाई सुझाव दिएका छन्। 

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसहितका नेताले एउटै मञ्चबाट फेरि पनि वामपन्थी शक्तिहरू मिल्नुपर्ने धारणा सार्वजनिक गरेको सन्दर्भमा बाँस्कोटाको यस्तो भनाई आएको हो। 

‘पटक पटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग चलेछ। भयंङकर खतरा देखाउँदै नेतृत्ववाट चलाइएको यो कथ्य रूपमा सुन्दर र सारमा आफ्नो असफलता छोप्न र शक्तिमा टिक्न देखाइएको भुत्ते हतियार हो,’ उनले भनेका छन्, ‘सुधार र शक्ति आर्जन चाहेकै हो भने पहिला फुटाएर गल्ती भो भन। आफु छोडेर सहकर्मीलाई अघि बढ भन्न सक्छौ?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad