राष्ट्रिय जनमोर्चाले प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका उपप्रमुख मिनराज रानाको निधनप्रति दुःख प्रकट गरेको छ।
जनमोर्चाबाट निर्वाचित उपाध्यक्ष रानाको यही असार १३ गते सडक दुर्घटनामा निधन भएको हो।
राजमो अध्यक्ष चित्रबहादुर केसीले आज शोक विज्ञप्ति प्रकाशित गरी रानाको निधनप्रति गम्भीर दुःख प्रकट गरेका छन्।
‘हाम्रो पार्टीको आन्दोलनमा उहाँको धेरै महत्त्वपूर्ण भूमिका रहेको थियो। उहाँ सामाजिक जीवनमा सहज भिजेको स्वर्गद्वारी नगरपालिकाका जनताको प्रिय जनप्रतिनिधि हुनुहुन्थ्यो। यसरी उहाँको मृत्युले प्यूठानको कम्युनिस्ट आन्दोलनका साथै हाम्रो पार्टीको आन्दोलनमा अपूरणीय क्षति हुन गएको छ’ अध्यक्ष केसीले उल्लेख गरेका छन्।
यस्तै, जनमोर्चाले पार्टी सदस्य रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका–५ निवासी इन्दलप्रसाद केवटको ७३ वर्षको उमेरमा यही असार १३ गते मृत्यु भएको उल्लेख गर्दै दुवैजनाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ।
Shares

प्रतिक्रिया