ad ad

राजनीति


परराष्ट्रमन्त्रीले भने: एमसीसी संसदबाट अनुमोदन हुन्छ

परराष्ट्रमन्त्रीले भने: एमसीसी संसदबाट अनुमोदन हुन्छ

नेपालखबर
पुस १४, २०७६ सोमबार ९:२२,

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट पारित हुने बताए। यसबारे सरकारको धारणा परिवर्तन नभएको उनकाे भनाइ छ।

‘एमसीसीबारे सरकारको धारणा बदलिएको छैन। हामीले लगेर बर्खे अधिवेशनमा दर्ता गरिसकेका छौँ,’ परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘अब संसदले पास गर्छ।’

उनले यसबारे पार्टीले के निर्णय गर्छ, त्यो आफूलाई थाहा नभएको बताए।

एमसीसीबारे सत्तारुढ नेकपाभित्रै विवाद देखिएको छ। यो इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत भए पारित गर्न नहुने धारणा नेताहरुले बैठकमा राख्दै आएका छन्।

‘कसले के भन्यो भन्योतिर नजानुस्, नेपालले हस्ताक्षर गर्दा के थियो भनेर हेर्नुपर्छ। एमसीसी हामीलाई आवश्यक हो कि होइन, त्यो महत्वपूर्ण हो,’ उनले थपे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .