राजनीति


गृहमन्त्रीलाई सांसदको प्रश्न- सुकुम्बासीको खानामा किरा भेटियो, सरकारलाई के कारबाही गर्नुहुन्छ?

गृहमन्त्रीलाई सांसदको प्रश्न- सुकुम्बासीको खानामा किरा भेटियो, सरकारलाई के कारबाही गर्नुहुन्छ?

नेपालखबर
असार १२, २०८३ शुक्रबार १४:५०, काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद रेनु चन्दले सुकुम्बासीको खानामा किरा भेटियो, सरकारलाई के कारबाही गर्नुहुन्छ भन्दै गृहमन्त्री सुधन गुरुङलाई प्रश्न गरेकी छन्।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद चन्दले गृहमन्त्रीले खान लागेको अमलेटमा काँडा भेटिएको घटनामा तीन लाख रुपैयाँ जरिवाना गरिएको प्रसंग उल्लेख गर्दै सुकुम्बासीको खानामा किरा भेटिँदा सरकारलाई कति जरिवाना गर्नुहुन्छ भन्दै प्रश्न गरेकी हुन्।

उनले भनिन्, ‘मन्त्रीले खान लागेको अमलेटमा काँडा भेटियो, तीन लाख जरिवाना लाउनुभयो। ठिक गर्नुभयो। सुकुम्बासीको खानामा किरा भेटियो सरकारलाई कति जरिवाना लाउँदै हुनुहुन्छ? अथवा सरकारलाई के कारबाही गर्दै हुनुहुन्छ? 

उनले सरकारले सुकुम्बासीमाथि अन्यायपूर्ण व्यवहार गरेको आरोप पनि लगाइन्। उनले सुकुम्बासीलाई व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएर मत माग्ने तर सत्तामा पुगेपछि उठिवास लगाउने काम भइरहेको आरोप लगाउँदै अहिले सरकारले होल्डिङ सेन्टरबाट समेत सुकुम्बासीलाई हटाउने कार्य गरिरहेको बताइन्।

सांसद चन्दले भनिन्, ‘सुकुम्बासीलाई व्यवस्थापन गर्छौँ भनेर भोट माग्ने अनि कुर्सीमा पुगेपछि उठिबास लगाउने, यही हो जान्नेलाई छान्ने भनेको? अहिले सुकुम्बासीलाई सरकारले होल्डिङ सेन्टरबाट लखेट्ने काम गर्दैछ। हामी नयाँ हौँ, हर समस्याको समाधान गर्ने जादुयी क्षमता बोकेर आएका छौँ भन्ने अनि सुकुम्बासीको मानव अधिकार हनन् गर्ने?’

सांसद चन्दले आफूहरू सबै समस्या समाधान गर्ने भन्दै आएको सरकारले अहिले सुकुम्बासीको मानवअधिकार नै हनन गरिरहेको आरोप पनि लगाइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad