परराष्ट्र मन्त्रालयमा नेपालको विदेश मामिलासम्बन्धी वार्षिक प्रतिवेदन २०१८–२०१९ सार्वजनिक गर्दै उनले सचिवस्तरीय वार्ता अघि बढाइने तयारी भइरहेको बताए।
‘नेपालले सीमा वार्ताका लागि पठाइएको पत्रमा भारतले रेस्पोन्स गरेको छ,’ ज्ञवालीले भने, ‘पत्रको कन्टेन्टमा म जान चाहन्नँ तर सचिवस्तरीय संयन्त्रमा वार्ता गर्न गृहकार्य भइरहेको छ।’
भारतले सार्वजनिक गरेको नयाँ नक्सामा कालापानीको भूमि आफ्नो क्षेत्रमा देखाएपछि सीमा विवाद फेरि चर्केको थियो।
नेपालले गत २० नोभेम्बरमा भारत सरकारलाई सीमा विवादबारे वार्ताका लागि आग्रह गर्दै पत्र पठाएको थियो।
प्रतिक्रिया