बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।
न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले सोमबार उनलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो।
आफ्नै अनुयायीमाथि बलात्कार गरेको अभियोगमा उनीमाथि मुद्दा चलिरहेको छ।
उनलाई मंसिर १६ गते प्रहरीले अस्पतालको आईसीयुबाटै पक्राउ गरेको थियो।
याे पनि : बलात्कार आरोपित ‘सिद्धबाबा’को राजनीतिक कनेक्सनः राष्ट्रपतिदेखि पूर्वराजासम्म
प्रतिक्रिया