राजनीति


एसपी डा. मल्ललाई राष्ट्रसंघ महासचिव गुटेरसद्वारा बधाई

एसपी डा. मल्ललाई राष्ट्रसंघ महासचिव गुटेरसद्वारा बधाई

नेपालखबर
कात्तिक २४, २०७८ बुधबार १५:४०, काठमाडौँ

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले राष्ट्रसंघीय महिला प्रहरी अधिकृत अवार्ड–२०२१ बाट पुरस्कृत नेपाल प्रहरीकी प्रहरी उपरीक्षक (एसपी) डा. संज्ञा मल्ललाई बधाई दिएका छन्। 

एसपी मल्लले राष्ट्रसंघीय शान्ति मिसनमा आबद्ध भई उत्कृष्ट भूमिका निर्वाह गरेको महासचिव गुटेरसले ट्वीटमा उल्लेख गरेका छन्। 

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति मिसनमा खटिएकी प्रहरी उपरीक्षक मल्ललाई ११औँ राष्ट्रसंघीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिएको छ।

यसअघि गत शनिबार संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यालयले एक प्रेस विज्ञप्ति जारी गरी डा. मल्ललाई उक्त पुरस्कार प्रदान गरिने जनाएको थियो। 

डा.मल्ल कङ्गोस्थित शान्ति सेनामा स्वास्थ्य तथा वातावरण एकाइ प्रमुखमा कार्यरत छिन्। कंगोको राजधानी किन्सासामा एकाइ स्थापनामा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad