त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
भारतको उत्तर प्रदेशका ४२ वर्षीय मोहम्मद जुवेद पक्राउ परेको विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए।
दुबईबाट मंगलबार बिहान आएका उनले मलद्वारमा लुकाएर सुन ल्याएका थिए।
उनीसँग थप सुन भएको आशंकामा अहिले काठमाडौं मेडिकल कलेजमा एक्सरे गर्न लगिएको एसएसपी बास्तोलाले बताए।
114
Shares

प्रतिक्रिया