सरकारले काठमाडौँलगायत देशका विभिन्न ठाउँमा रहेका सुकुम्वासीलाई हटाएको विरोधमा शुक्रबार प्रदर्शन गरिएको छ।
केन्द्रीय संयुक्त संघर्ष समितिको अगुवाइमा काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन गरिएको हो। उनीहरूले विस्थापित सुकुम्वासीको बसोबासको व्यवस्था गर्न, भत्काएका घरको क्षतिपूर्ति दिन माग गरेका छन्।
त्यस्तै, कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका विस्थापित सुकुम्वासीलाई उचित विकल्पविना नहटाउन पनि उनीहरूले माग गरेका छन्। सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई आफ्नो व्यवस्था आफै गर्न सूचना जारी गरेको थियो।








39
Shares

प्रतिक्रिया