प्रधानमन्त्री वालेन्द्र शाहले सीमाका विषयमा दिएको अभिव्यक्तिको विरोध गर्दै नेपाल कम्युनस्टि पार्टी (नेकपा) पनि सकडमा उत्रिएको छ।
बिहीबार नेकपाको जनवर्गीय संगठन समन्वय मोर्चाको आयोजनामा काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन गरिएको हो। प्रदर्शनमा नेकपाका नेता तथा कार्यकर्ता सहभागी थिए।
प्रधानमन्त्री शाहले प्रतिनिधि सभाको बैठकमा सांसदसँगको प्रश्नोत्तरका क्रममा नेपालले पनि भारतको जमिन मिचेको अभिव्यक्ति दिएका थिए। त्यसलाई लिएर विपक्षी दलले विरोध गर्दै आएका छन्।
प्रधानमन्त्री शाहले आफ्नो अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्ने विपक्षीको माग छ। नेकपाले पनि प्रधानमन्त्री शाह माफीमा माग्नुपर्ने माग गर्दै प्रदर्शन गरेको हो।












72
Shares

प्रतिक्रिया