फोटो


रास्वपा महाधिवेशनमा छैन गर्मीको पर्बाह (तस्बिरहरू)

रास्वपा महाधिवेशनमा छैन गर्मीको पर्बाह (तस्बिरहरू)

नेपालखबर
असार ७, २०८३ आइतबार १३:५३, चितवन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनस्थलमा रास्वपाका नेताहरू आउने क्रम जारी छ।

चितवनको भरतपुर महानगरपालिका-१० मा आज (आइतबार) बाट सुरु भएको पहिलो महाधिवेशनका लागि रास्वपाका नेताहरू महाधिवेशनस्थलमा आइरहेका छन्। 

रास्वपाले करिब ४० हजार नेता कार्यकर्ताको उपस्थिति रहने बताएकोमा हालसम्म करिब ७ हजार मानिसहरूको उपस्थिति छ।

रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह लगायतका शीर्ष नेताहरू चितवन आइसकेका छन्।

शाह आज बिहान आएका हुन् भने अन्य नेताहरू हिजै चितवन आइसकेका थिए।

दिउँसो २ बजेदेखि महाधिवेशनको औपचारिक सुरु गर्ने तयारी भइरहेको छ।

रास्वपाका केही केन्द्रीय सदस्यहरू महाधिवेशनस्थलमा प्रवेश गरेसँगै कार्यकर्ताहरू उत्साहित देखिएका छन्।

यतिबेला कार्यक्रमस्थलमा रास्वपाको गीत गुञ्जिरहेको छ भने शीर्ष नेताहरू समेत आउने क्रम जारी छ।

चितवनको गर्मीको परबाह नगरी कार्यकर्ताहरू उत्साहका साथ सहभागिता जनाइरहेका छन्।

सबै तस्बिरः सरोज नेपाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad