काठमाडौँ उपत्यकाका सडकका भित्तामा सांस्कृतिक सम्पदाका चित्र कोर्न थालिएको छ।
यसको सुरुवात काठमाडौँको बालकुमारी-कोटेश्वर सडकखण्डबाट गरिएको छ। यो सडकको भित्तामा बौद्ध स्तुप, पशुपतिनाथ, भैरव, ढुंगेधारा, स्वयम्भु, मयूरको आँखालगायतका चित्र कोरिएको छ।
सडकका भित्तामा ‘म्युरल आर्ट (भित्तचित्रे)’ बनाउनका काम पल्पसा आर्ट ग्यालरीले गरेको छ। बागमती प्रदेश सरकारको कार्यक्रमअन्तर्गत पल्पसा आर्टका चन्दन भुजेलको नेतृत्वमा कलाकारको टोलीले चित्र बनाइरहेको छ।













39
Shares

प्रतिक्रिया