काठमाडौँको लैनचौरस्थित सहिद स्मारकमा सहिदको शालिकमा माल्यार्पण गर्दै सहिद दिवस मनाइएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले लैनचौरस्थित सहिदको शालिकमा पुष्पगुच्चा चढाएर श्रद्धाञ्जली अर्पण गरेकी छन्। काठमाडौँ महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री कार्कीसँगै मन्त्री, सरकारका उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि र सुरक्षा निकाय प्रमुखको सहभागिता रहेको थियो।
राणा शासनका विरुद्ध जीवनको आहुती दिएका धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री र दशरथ चन्दको सम्झनामा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ। सहिद दिवसको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।









36
Shares

प्रतिक्रिया