अविरल वर्षापछि पोखराको फेवातालले नयाँ र विशाल स्वरूप ग्रहण गरेको छ।
लामो समयको वर्षापछि तालको जलस्तर बढ्दा फेवाले आफ्नो ऐतिहासिक प्राकृतिक आकार ग्रहण गरेको हो। तालको मुहान क्षेत्रबाट बगेर आएको भलका कारण सिमसार र आसपासका खेतबारी पूर्ण रूपमा जलमग्न भएका छन्।

वर्षा थामिएपछि तालको सतह शान्त र कञ्चन देखिएको छ। वरिपरिका पहाड र कुहिरोको प्रतिबिम्ब फेवामा स्पष्ट देखिएको छ। फेवाको मनमोहक दृश्य कैद गर्न र तालको बदलिएको स्वरूप अवलोकन गर्न लेकसाइड क्षेत्रमा स्थानीय तथा पर्यटकको भीड लाग्न थालेको छ।
यद्यपि, बढेको जलस्तरले केही चुनौती र गम्भीर प्रश्नहरू पनि खडा गरेको छ। पोखरा महानगरपालिकाले फेवातालको सीमाना छुट्याउन गाडेका ‘जङ्गी पिल्लर’हरू र ‘तालघर’ भनिएको क्षेत्रसमेत अहिले पानीमा डुबेका छन्।





9
Shares

प्रतिक्रिया