गणेश नेपालीको मृत्यु प्रकरणमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को पुत्ला दहन गरिएको छ। माइतीघर मण्डलमा विद्यार्थीहरूले बालेनको पुत्ला जलाएका हुन्।
गणेश नेपालीलाई न्याय माग्दै काठमाडौँको माइतीघर मण्डलमा संयुक्त विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका छन्।
यस क्रममा झडपको अवस्था समेत सिर्जना भएको थियो। प्रदर्शनकारीले सरकारविरोधी नारा लगाइरहेका छन्।
बिहीबार काठमाडौँको त्रिपुरेश्वरमा महानगर प्रहरीसँग विवाद भएपछि गणेशले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।
गम्भीर घाइते भएका उनको शुक्रबार बिहान वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।




















57
Shares

प्रतिक्रिया