भोजपुरबाट पाँच क्विन्टल गाँजासहित नौजना पक्राउ परेका छन्।
हतुवागढी गाउँपालिका-९ मचुवाबाट ५ सय किलोग्राम गाँजासहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
पक्राउ पर्नेमध्ये आमचोक गाउँपालिका-९ बस्ने २९ वर्षीय रूद्र बहादुर श्रेष्ठको नाम मात्रै प्रहरीले सार्वजनिक गरेको छ।
प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरीले ना.७ त ३५० नम्बरको ट्याक्टरसहित उनीहरूलाई पक्राउ गरेको हो।
सो ट्याक्टरबाट ४३ वटा बोरामा राखिएको अवस्थामा पाँच क्विन्टल गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ।
78
Shares

प्रतिक्रिया