फोटोफिचर


सांसदको प्रमाणपत्र लिएपछि बालेन शाह (तस्बिरहरू)


सरोज नेपाल
फागुन २३, २०८२ शनिबार १९:३७, काठमाडौँ

झापा क्षेत्र नं ५ बाट निर्वाचित राष्ट्रियल स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले निर्वाचन आयोगबाट प्रमाण पत्र बुझेका छन्। 

शनिबार साँझ निर्वाचनको अन्तिम परिणाम घोषणा भएपछि मुख्य निर्वाचन अधिकृतले शाहलाई प्रमाण पत्र प्रदान गरे।

प्रमाणपत्र लिएसँगै उनले आफ्ना समर्थकहरूसमक्ष पुगेर एउटा ब्यानर देखाए। जहाँ लेखिएको छ, ‘तपाईंहरूलाई धेरै धेरै धन्यवाद, छ।’

निर्वाचन अधिकृतको कार्यालयका अनुसार बालेनले एमाले अध्यक्ष ओलीलाई ४९ हजार ६१४ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।

कुल खसेको मतमध्ये बालेन शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दा एमाले अध्यक्ष ओली १८ हजार ७३४ मतमा खुम्चिएका छन्। 
बालेनका लागि यो जितले प्रधानमन्त्रीको दौडमा वैधानिकता प्रदान गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad