अब प्रतिनिधि सभा निर्वाचनको मतदान हुन केही घण्टामात्रै बाँकी छ।
निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेर कर्मचारी तथा सुरक्षाकर्मीहरू मतदानस्थलमा तम्तयार अवस्थामा छन्।
बिहीबार (फागुन २१ गते) बिहान ७ बजेदेखि मतदान सुरु हुँदैछ।
मतदानका लागि मतदाताहरू पनि उत्साहका साथ तयारी हालतमा बसेका छन्।
निर्वाचनमा सबै क्षेत्रको चर्चा भएपनि विशेष चर्चा झापा–५ को छ। निर्वाचनको ‘इपिसेन्टर’ नै झापा–५ बनेको छ।
कारण प्रधानमन्त्री पदका उम्मेदवार घोषित नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको भिडन्त।
सबैले चासोपूर्वक हेरिरहेको झापा–५ मा नेपालखबर टिम पुग्दा चुनावी पूर्वसन्ध्याको रौनक देखिन्थ्यो। झापा–५ शान्त छ र उत्सुक पनि छ।
हेरौँ चुनावको इसिसेन्टर दमक क्षेत्रका केही तस्बिरहरू


















Shares

प्रतिक्रिया