आईसीसी पुरुष टी२० विश्वकप क्रिकेटमा सवा ३ बजे नेपालले इटलीसँग खेल्दै छ। सोही खेलमा राष्ट्रिय क्रिकेट टोलीको हौसला बढाउन नेपालीहरु मुम्बई आइरहेका छन्।
इंग्ल्यान्डसँगको खेलमा जस्तै उनीहरु ढाकाटोपी र नेपाली जर्सीमा आएका छन्। उनीहरुले राष्ट्रिय ध्वजा, ब्यानरहरु बोकेका छन्।
नेपालका लागि आजको खेल जित्नैपर्ने छ। इंग्ल्यान्डसँग ४ रनले पराजित हुँदा नेपाल अहिलेसम्म समूह सीमा अंकविहीन छ।
नेपाल र इटालीबीचको खेल हेर्न थुप्रै नेपाली समर्थक मुम्बइ आएका छन्। भारतमा नै बसोबास गर्ने नेपाली भाषी समर्थक पनि नेपाली टोलीलाई समर्थन गर्न स्टेडियम आइपुगेका छन्। नेपाल र भारतबाहेक अन्य देशमा बसोबास गर्दै आएका समर्थक पनि यतिबेला मुम्बइमा छन्।
कतिपय साथीहरुको समूहमा त कतिपय पूरा परिवारको साथमा मुम्बईमा छन्। कति नेपाली समर्थक इंग्ल्यान्डसँगको खेल हेरेर फर्किएका छन् भने केही समर्थक पहिलो पटक नेपालको खेल हेर्न स्टेडियममा छन्।
इंग्ल्यान्डविरुद्धको खेलको तुलनामा केही कम दर्शक आजको खेलमा देखिएका छन्।
तस्बिरमा हेर्नुहोस्





















Shares

प्रतिक्रिया