नेकपा (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारी र सदस्यमा निर्वाचित नेताहरूलाई बधाई धाप्न भ्याइनभ्याइ छ।
नेकपा एमालेको एघारौँ महाधिवेशनबाट १९ पदाधिकारीमध्ये अध्यक्ष पदसहित ओली समूहका १७ जना विजयी हुँदा पराजित ईश्वर पोखरेल पक्षका २ उम्मेदवार मात्र निर्वाचित भएका छन्।
केन्द्रीय सदस्यमा समेत ओली पक्ष हावी भएको छ।
बिहीबार अपरान्ह सकिएको मतगणनापछि विजयी भएका नेताहरूलाई समर्थकले माला खादासहित स्वागत गरिरहेका छन् भने उनीहरूलाई बधाईका लागि आएका फोनकलसमेत उठाउन भ्याइनभ्याइ भएको छ।













171
Shares

प्रतिक्रिया