नेकपा एमाले धादिङको नेतृत्व सम्हालिरहेका भूमि त्रिपाठी केन्द्रीय कमिटीमा पदोन्नती भएका छन्।
जिल्ला अध्यक्षमा निर्वाचित भएर कार्यभार सम्हाल्दै आएका त्रिपाठीले एमाले अध्यक्ष केपी शर्मा ओली प्यानलबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए।
धादिङबाट १८ जना महाधिवेशन प्रतिनिधि छनोट भएकोमा त्रिपाठीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए। उनी १४४९ मत प्राप्त गर्दै केन्द्रीय सदस्य निर्वाचित भएका हुन्।
ओली निकट त्रिपाठी विगत १२ वर्षदेखि एमाले धादिङको नेतृत्व सम्हाल्दै आएका छन्। उनी पछिल्लोपटक ४ फागुन २०८० मा जिल्ला अध्यक्ष पदमा निर्वाचित भएका हुन्।
यस्तै, धादिङबाटै ओली प्यानलमा केन्द्रीय सदस्यको उम्मेदवार बनेका खेमप्रसाद लोहनी पनि निर्वाचित भएका छन्। उनले १५३७ मत प्राप्त गरेका छन्।
लोहनी केन्द्रीय सदस्यमा दोहोरिएका हुन्। यो सँगै धादिङबाट एमाले केन्द्रीय कमिटीमा दुईजनाले प्रतिनिधित्व गरेका छन्।
Shares

प्रतिक्रिया