फोटोफिचर


सिप्रदीले ७० दिनमै पुन: सञ्चालनमा ल्यायो थापाथलीको ‘टाटा मोटर्स’ शोरुम (तस्बिरहरू)


नेपालखबर
मंसिर १, २०८२ सोमबार १४:४२, काठमाडौँ

काठमाडौंको थापाथलीमा रहेको टाटा मोटर्सको शोरुम पुनः सञ्चालनमा आएको छ।

गत भदौ २४ गतेको जेनजी प्रदर्शनमा ध्वस्त भएको टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङको थापाथली शोरुम पुनर्निर्माण गरी सोमबारदेखि सञ्चालनमा ल्याइएको हो।

विधिवत् रुपमा पूजा गरी नवनिर्मित संरचनाबाट सिप्रदीले आजदेखि सेवा सुरु गरेको हो।

सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले सहकर्मीहरुको मिहिनेत, परिश्रम र योगदानबाट ध्वस्त संरचनालाई पुननिर्माण गरी ७० दिनमै शोरुम पुन सञ्चालनमा ल्याउन सकिएको बताए।

नयाँ भौतिक संरचनाबाट उपभोक्तालाई विगत झैं परिस्कृत र उत्कृष्ट सेवा दिन टाटा तयार रहेको उनले बताए। जेनजी प्रदर्शनमा शोरुमा आगलागी हुँदा ८ वटा गाडी र शोरुम पूर्ण रुपमा जलेको थियो।

तस्बिरहरु (विशाल कार्की)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad