खेल


एनपीएल उद्घाटन प्रधानमन्त्रीले गर्ने, २ हजार बढी सुरक्षाकर्मी परिचालन

एनपीएल उद्घाटन प्रधानमन्त्रीले गर्ने, २ हजार बढी सुरक्षाकर्मी परिचालन

फाइल तस्बिर


नेपालखबर
मंसिर १, २०८२ सोमबार १४:९, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले गर्ने भएकी छिन्।

एनपीएलको उद्घाटन खेल साँझ ४ बजे हुँदै छ। उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज भिड्दै छन्।

एनपीएलका लागि नेपाल क्रिकेट संघ (क्यान) ले ९ हजार ४ सय टिकट बिक्री गरिसकेको छ।

एनपीएलमा सुरक्षार्थ २ हजारभन्दा बढी सुरक्षाकर्मी त्रिवि मैदानमा खटिएका छन्। 

नेपाल प्रहरी १९ सय, सशस्त्र प्रहरी २ सय ५० तथा बाँकी प्राइभेट सेक्युरिटी ३ सय भन्दा परिचालित भएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए।

एनपीएलको उद्घाटन खेल हेर्न दर्शकहरु त्रिवि मैदान आउने क्रम जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad