ललितपुरको भनिमण्डलमा नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। २९ देखि ३१ सम्म हुने बैठक भनिमण्डलस्थित रामबाग महलमा चलिरहेको छ।
बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन्। जेनजी आन्दोलनले सत्ता गुमाएपछि ओलीमाथि नेतृत्व छाड्नका लागि तीव्र दबाब छ।
असोज २४ र २६ गते बसेको ‘कोर अफ लिडरसिप’ भनिने सचिवालय बैठकले मंसिरको अन्तिम साता ११औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो। यसलाई अनुमोदन गर्नका लागि र मिति तोक्नका लागि केन्द्रीय कमिटीको बैठक बसिरहेको प्रचार एवं प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
यद्यपि, बैठकका एजेन्डा भने सार्वजनिक गरिएको छैन।
सत्ता छोड्न परेको पीडामा ओलीले बैठकलाई सम्बोधन गर्दै विध्वंस हुने पूर्वसूचना पाए पनि रोक्न नसकेको स्विकार गरेका छन्।
जेनजीका कारण सत्ता छोडे पनि एमाले सधैँका लागि सत्ताबाट नहट्ने ओलीले दाबी गरे।
बैठकस्थलका केही तस्बिर-






































Shares

प्रतिक्रिया