राजनीति


एमालेको हृदयमा संकीर्णता छैन, हिजो घर छोडेका साथीहरुलाई फर्किन आग्रह गर्छुः ओली

एमालेको हृदयमा संकीर्णता छैन, हिजो घर छोडेका साथीहरुलाई फर्किन आग्रह गर्छुः ओली

नेपालखबर
असोज २९, २०८२ बुधबार १३:७, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी छोडेर गएकाहरूलाई पुनः फर्किन आग्रह गरेका छन्। 

बुधबार ललितपुमा सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमालेको छाती विशाल भएको समेत बताए। 

‘कतिपले पार्टी विभाजन गराए, संगतले होला, गलत संगतले होला,’ ओलीले भने, ‘साथीहरु भ्रममा पर्नु भयो होला। तर, नेकपा एमाले फराकिलो छाती भएको, विशाल अभिभारा बोकेर हिँडेको पार्टी हो। यसमा मनमा, हृदयमा संकीर्णता छैन।’

‘त्यस कारण म साथीहरूलाई आग्रह गर्न चाहान्छु हिजो जो घर छोडेर अन्यत्र जानु भएको थियो म घर फर्किन हार्दिक आग्रह गर्न चाहान्छु,’ ओलीले थपे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad