काठमाडौँको हनुमानढोकास्थित कुमारी घरकी जीवित देवी मानिने कुमारी आज (असोज १४) परिवर्तन गरिएको छ।
नयाँ कुमारीका रूपमा इतुम्बहालकी साढे २ वर्षीया आर्यतारा शाक्यलाई कुमारीको सिंहासनमा विराजमान गराइएको हो।
यसअघिकी कुमारी तृष्णा शाक्यलाई भने बाजागाजासहित बिदाइ गरिएको छ।
केही हप्ताअघि शाक्य महाविहार संघले सहरका १५ बहाललाई नयाँ कुमारीका लागि योग्य बालिकाको नाम सिफारिस गर्न भनेको थियो।
सिफारिस भएका नामबाट निर्णायक मण्डल, गुठी संस्थान र पञ्चाङ्ग निर्णायक समितिले आर्यतारा शाक्यलाई नयाँ कुमारीका रूपमा छनोट गरेका हुन्।
उनलाई आज विशेष पूजाआजासहित कुमारी घरको आसनमा राखिएको हो।
तृष्णा शाक्यले करिब ८ वर्ष जीवित देवीको भूमिका निर्वाह गरेपछि अहिले उनको स्थानमा आर्यतारालाई ल्याइएको हो।
कुमारी प्रथा काठमाडौँ उपत्यकाको एक जीवन्त र महत्त्वपूर्ण सांस्कृतिक परम्परा हो। जहाँ बालिकालाई तलेजु भवानीको प्रतीकका रूपमा पूजा गरिन्छ।





\








Shares

प्रतिक्रिया