ग्लोबल


कतारको दाबी : हालै गरेको आक्रमणका लागि इजरायलले माग्यो माफी

कतारको दाबी : हालै गरेको आक्रमणका लागि इजरायलले माग्यो माफी

नेपालखबर
असोज १४, २०८२ मंगलबार १३:२८, काठमाडौँ

कतारले हालै आफ्नो देशमा गरेको आक्रमणका लागि इजरायलले माफी मागेको दाबी गरेको छ।

कतारको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी इजरायलले क्षमा याचना गरेको बताएको हो। 

विदेश मन्त्रालयका अनुसार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानी र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच फोन वार्ता भएको थियो। 

त्यस क्रममा इजरायलले कतारविरुद्ध गरिएको हमलाका लागि माफी मागेको दाबी कतारको विज्ञप्तिमा गरिएको छ। 

कतारका प्रधानमन्त्रीले ट्रम्पलाई ‘शान्ति स्थापना गर्ने प्रयास’ गरेको भन्दै धन्यवाद दिएको पनि विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, इजरायलका प्रधानमन्त्रीले भविष्यमा कुनै पनि कतारी क्षेत्रलाई निसाना नबनाउने वाचा गरेका छन्।

यस महिनाको सुरुमा इजरायलले दोहाको एक घरमा हमास नेताहरूलाई लक्ष्य गरी आक्रमण गरेको थियो।

प्यालेस्टिनी संगठन हमासले आक्रमणमा आफ्ना पाँच सदस्य र एक कतारी सुरक्षा अधिकारी मारिएको बताएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad