फोटोफिचर


खण्डहर बनेको सिंहदरबार चहार्दा जे देखियो (तस्बिरहरू)


सरोज नेपाल
भदौ २७, २०८२ शुक्रबार १५:३६, काठमाडौँ

सोमबार काठमाडौँमा भएको जेनजीको प्रदर्शन हिंस्रक बन्यो। प्रदर्शनमा आएका विद्यार्थीसहित जेनजीमाथि प्रहरीले गोली चलायो। गोली लागेर घाइते हुनेको संख्या ५१ पुगिसकेको छ।

गोली लागेर किशोर किशोरीको ज्यान गएसँगै मंगलबार आक्रोशित समूहले देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारसहित विभिन्न सरकारी संरचनामा आगोलागी र तोडफोड भयो। आगोलागी र तोडफोडपछि सिंहदरबार क्षेत्र खण्डहर बनेको छ। 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पूर्ण ध्वस्त भएको सरकारका मुख्यसचिव एकनारायण अर्याल बताउँछन्।  

त्यस्तै अर्थमन्त्रालयका सचिव घनश्याम उपाध्यायाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा मन्त्रालय र गृह मन्त्रालय पूर्णरुपमा जलेर खरानी भएको छ। अन्य मन्त्रालयमा भने आंशिक क्षति देखिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad